शुक्रबार, १४ वैशाख २०८१

सरकारले आफूसंग भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै प्रा.डा. गोविन्द केसी पुनः आमरण अनशनमा

समयपोष्ट २०७३ कार्तिक २८ गते ८:५४

सरकारले आफूसंग भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै डा. केसीले अनशन सुरु गर्नुभएको हो । आईतबार पत्रकार सम्मेलन मार्फत डा. केसीले  वरिष्ठताका आधारमा आइओएमको डिन नियुक्त नगरेको भन्दै अनशन सुरु गरेका हुन । 
त्रिवि कार्यकारी परिषदले आइतबार नै प्राडा केशवप्रसाद (केपी) सिंहलाई डिन नियुक्त गरेको थियो । स्वास्थ्य सुधारमा विभिन्न माग राख्दै आएकाडा केसीले डिन नियुक्त गर्न सरकारलाई यसअघि आइतबार २ बजेसम्मको अल्टिमेटम दिएका थिए । 
डिन नियुक्त गरेपनि वरिष्ठता उलंघन गरिएको भन्दै उनी अनशन बसेका हुन । वरिष्ठताको आधारमा डा.जगदिशप्रसाद अग्रवाललाई डिन बनाउनुपर्ने हुन्छ । 
डा. केसीले चिकित्सा शिक्षाका नियामक निकायहरुमा दलीय भागवण्डाका आधारमा नभई वरिष्ठताका आधारमा नियुक्ति हुनुपर्नेमा त्रिवि कार्यकारी परिषदले राजनीतिक भागबण्डाको आधारमा डिन नियुक्त गरेकोले बाध्य भएर अनशन बस्नुपरेको बताए ।
 केसीले आफ्नो  माग कुनै व्यक्ति विशेषका लागि नभई पद्दति बसाल्नका लागि भइको भन्दै यस्तो गतिविधिले  शैक्षिक अपराध बढाउने बताए । 
डा. केसीले अख्तियार दुरुपयोग गरेर भ्रस्टाचारमा मुछिएका लोकमान सिंह कार्कीलाई महाभियोग लगाउने विषयमा देशकै ठुला दललगायतले अझै  संस्थागत निर्णय गर्न नसकेको भन्दै आक्रोस व्यक्त गरे । 
    डा. केसीले डिन नियुक्तिमा चलखेल गर्ने त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने,  एमबीबीएस र बीडीएस कार्यक्रमको शुल्क अघिल्लो साल कार्यान्वयनमा आए झैं एमबीबीएसमा  उपत्यकाभित्र ३५ र उपत्यकाबाहिर ३८ लाख ५० हजार  बीडीएस २० लाख तोकिनुपर्ने,  आइओएमलाई पूर्ण स्वायत्तता संस्था बनाउनुपर्ने, चिकित्सा शिक्षा ऐन नआउँदै बिस्तारित कार्यक्रम वा अन्य कुनै वहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने माग राखेका छन  । उनका नौ बुँदे मागमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्नका लागि बन्ने सर्च कमिटि शिक्षा मन्त्रीको नभई स्वतन्त्र विज्ञको नेतृत्वमा हुने कानुनी व्यवस्था गर्ने विगतको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने, प्रत्येक प्रदेशमा कम्तीमा एक सरकारी मेडिकल कलेज खोल्ने सम्झौता तुरुन्त कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेका छन ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री