शनिबार, ८ वैशाख २०८१

भारतमा ५०० र १००० नोटमा प्रतिबन्ध,लुकाइएको ठूलो धनराशी हटाउन मोदीले चाले यस्तो कदम

समयपोष्ट २०७३ कार्तिक २४ गते १:०३

जाली नोटको कारोवार रोक्न भन्दै भारत सरकारले ५०० र १००० रुपैयाँमाथि प्रतिबन्ध लगाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो मंगलवार  साँझ देशवासीका नाममा विशेष सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।
यो घोषणासंगै नोभेम्वर ८ को  राती १२ बजेबाट पाँच सय र एक हजारको नोटको कानुनी मान्यता हुनेछैन् । ९ र १० नोभेम्वरमा भारतमा एटीएमले काम गर्ने छैनन् । ९ नोभेम्वरमा सवै वैंक बन्द हुनेछन् । एटीएमबाट पनि पैसाको सीमा तोकिएको छ । प्रधानमन्त्री मोदीले यस्तो निर्णयले असुविधा भएपनि भ्रष्टाचार रोक्न सकिने बताएका छन् । 
चरमपन्थी समूहसँग रहेको पैसा र भ्रष्टाचार गरेर लुकाइएको ठूलो धनराशीलाई स्वत हटाउन मोदीले यस्तो कदम चालेका हुन् । बाबा रामदेवले भ्रष्टाचार रोक्न पाँच सय र एक हजार रुपैयाँमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले भ्रष्टाचार रोक्न यो कदममा जनताको साथ रहने अपेक्षा गरेका छन् । मोदीले यसलाई भ्रष्टाचार विरुद्ध लडाईमा ठूलो कदम भनेका छन् ।
भारत सरकारले ५० दिनभित्र पाँच सय र एक हजार रुपैयाँका नोट आफ्नो परिचय पत्रसहित वैंकमा जम्मा गर्न आग्रह गरेको छ । १० नोभेम्वरदेखि ३० डिसेम्वरसम्म आफुसँग भएको पैसा जम्मा गर्न भार सरकारले आग्रह गरेको छ ।
भारतमा कालोधनका रुपमा ५ सय र एक हजार रुपैयाँको नोट लुकाएर राख्ने ठूलो समस्या छ । भारतमा चुनावमा पाँच सय र एक हजार रुपैयाँको नोट प्रयोग हुने गरेको थियो, त्यसका कालोधन धेरै हुने गरेको त्यहाँको निर्वाचन आयोगका भनाई थियो । त्यसबाहेक पाकिस्तानबाट नक्कली नोट आउने कुरा भारतका लागि चिन्ताका विषय बनाएको थियो ।
पाँच सय र एक हजार रुपैयाँमात्र प्रयोग ल्याउँदा भारतको अहिलेको वित्तिय संरचनाले थेग्छ वा थेक्गदैन भन्ने प्रश्न पनि उठेको छ । भारतीय मिडियाले मोदीको यो कदमलाई आर्थिक क्षेत्रमा सर्जिकल स्टाइक भनेका छन् । 
भारतीय रिजर्व वैंकले मोदीको सम्बोधन लगत्तै पत्रकार सम्मेलन गरेको छ । जसमा, पाँच सय र एक हजारका नोटमाथि प्रतिबन्ध लगाएको छ । आतंकवादका लागि ठूलो नोट प्रयोग हुने गरेको वैंकको भनाई छ । वैंकले चाडै नै नयाँ नोट आउने बताएको छ ।
संकटकालमा जस्तो मोदी सरकारले यस्तो कदम चालेको विपक्षी काँग्रेसले आरोप लगाएको छ । मोदीको निर्णयको दुरगामी असर के हुन्छ रु भारतमा ठूलो बहस शुरु भएको छ ।
नेपाल भारत सीमा क्षेत्रमा पनि यसको ठूलो असर देखिनेछ । यसबाहेक उपचार, अध्ययन र घुम्नका लागि भारत जाने नेपालीहरु पनि मोदी सरकारको निर्णयबाट प्रभावित हुनेछन् । तराईं क्षेत्रमा नेपाली नोटका तुलनामा भारु नोट बढी प्रयोग हुने गरेको थियो ।
नेपालमा पनि यी दरका नोटहरु अधिकांशसँग हुनसक्छ। यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारे नेपाल राष्ट्र बैँकले निर्णय गर्न बाँकी छ। नेपाल राष्ट्र बैंकले यसअघि भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोटहरुमा लगाउँदै आएको १४ वर्षदेखिको बन्देज गत वर्षको फेब्रुअरीदेखि हटाएको थियो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री