शुक्रबार, १४ वैशाख २०८१

जनयुद्धका सहिद र बेपत्ता परिवारलाई तामाकोशी आयोजनाको शेयर दिने तयारी भइरहेको छ: प्रधानमन्त्री

समयपोष्ट २०७३ कार्तिक २३ गते ८:४९


काठमाडौ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन तामाकोसी आयोजनामा सरकारले गरेको लगानीबाट जनयुद्धका सहिद र बेपत्ताका परिवारलाई शेयर दिने तयारी भइरहेको बताएका छन् ।
 
आयोजनाको निरीक्षणका लागि मंगलबार दोलखा पुगेका प्रचण्डले आयोजना निर्माणमा नेपाल सरकारले ११ अर्ब ऋण लगानी गरेको र त्यसबाट नै विपन्न वर्ग , सहिदर बेपत्ताका परिवारलाई शेयर दिने तयारी भइरहेको बताएका हुन् । 
आयोजनाका कर्मचारी र स्थानीयलाई समेत शेयरमा बदल्ने विषयमा फिडब्याक दिन समेत  प्रधानमन्त्रीले आग्रह गरेका छन्।
 
११ अर्ब लगभग रकमलाई शेयरमा कन्भर्ट गरिदिने र त्यस शेयरलाई लगेर सहिद र बेपत्ताका परिवारलाई  दिन सकिन्छ भनेर सोचिरहेको प्रधानमन्त्री प्रचण्डले बताए । 

Advertisement

माओवादीले यसअघि पनि सहिद तथा वेपत्ता परिवारलाई सरकारले दिने १० लाख राहत अन्तरगत ५/५ लाखको तामाकोसीमा शेयर दिनुपर्ने माग गरेको थियो ।

निरीक्षणको क्रममा आयोजनाको काम सन्तोषजनक रुपले अगाडि बढेको पाइएको भन्दै प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरे ।
 
प्रधानमन्त्री प्रचण्डले आयोजना छिटो सक्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री