शुक्रबार, १४ वैशाख २०८१

रुसले सार्वजनिक गर्यो खतरनाक मिसाईल,तेस्रो विश्व युद्धको खतरा,युरोप,अमेरिका भए ससंंकित

समयपोष्ट २०७३ कार्तिक २३ गते ७:१५

 

Advertisement

भर्खरै मात्र मात्र रुसले सबैभन्दा खतरनाक मिसाईल SATAN-2 को फुटेज सार्वजनिक गरेको छ । यस फुटेजले अमेरिका लगायत पुरै युरोपमा सनसनी मच्चाएको छ । अहिले सार्वजनिक भएको रुसको रोबोट ट्यांक फुटेज दुनियाको सबैभन्दा हलुका र तेज रफ्तार भएको मानिन्छ ।यसलाई सुपर ट्यांक भनेर नामाकरण गरिएको छ । 
रसियाले जारी गरेको यस फुटेजको बारेमा ब्रिटिशको इंटिलिजेन्स एजेंसीले समेत चिन्ता ब्यक्त गरेको छ । एजेन्सिका अनुसार लगातार सामने आईरहेको हतियारको फुटेजले खतरनाक हालतको संकेत दिइरहेको छ । 

यस अघि रुसि राष्ट्रपति व्लादिमीर पुटिनले तेस्रो विश्व युद्धको आशंका गरेका थिए । रिपोर्टको अनुसार रुसका एडमिनिस्ट्रेशन स्टाफ,रिजनल एडमिनिस्ट्रेटर्स,ल मेकर्स र पब्लिक कर्पोरेशनका कर्मचारिहरुलाई विदेशी स्कुलमा पढिरहेका आफ्ना बाल बच्चाहरु र विदेशमा रहेका नजिकका आफन्तलाई स्वदेश फर्किन आग्रह गर्न आदेश जारी गरिसकेको छ । 

नेटो मा रहेका कमांडर बाल्टिक फोर्स जनरल बेन हॉजेस को अनुसार रुस २८ देशको गठबन्धन नेटोसंग चिढिएको छ । नेटोको उपस्थितीलाइ वेवास्ता गर्दै  रूस लगातार न्यूक्लियर मिसाइल बनाउँदै रुसि सिमामा तैनाथ गराउँदै आईरहेको छ । यदि रुसले हमला गर्यो भने नेटो बाल्टिम इलाकाको देशहरुलाई जोगाउँन असमर्थ हुनेछ । बाल्टिक इलाकाका राजधानीहरु ध्वस्त हुन सिर्फ ३६ घण्टा लाग्ने छ । यति मात्र होईन रुसले जल,थल,बायु तिनै क्षेत्रमा आफ्नो तागत पहिलेभन्दा ३० गुणा बढीले बढाइसकेको छ । रुससंग कर्यौ यस्ता हतियारहरु छन् जसले उसलाई फेरी सुपरपावर देश बनाउँन सक्नेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री