धनुषा–४ मा एमालेका महासेठ विजयी

धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले)का रघुवीर महासेठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

Advertisement

महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी निर्वाचित भए ।

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पारेका छन् ।

यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री