अर्घाखाँचीका तीन ओटै क्षेत्रमा एमालेका उम्मेदवार विजयी

अर्घाखाँचीका तीन ओटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

Advertisement

प्रतिनिधि सभामा एमाले सचिव टोपबहादुर रायमाझी र प्रदेश सभामा चेतनारायण आचार्य र रामजी घिमिरे विजयी भएका हुन् ।

नेता रायमाझीले पूर्व उपसभामुख तथा कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाललाई पराजित गरेका हुन् ।

टोपबहादुरले ४८हजार १७२ मत ल्याउँदा पुष्पाले ४६ हजार ४४२ मत ल्याएकी छन् । रायमाझीले १७३० मतान्तरले जित हात पारेका छन् ।

रायमाझी ०६४ सालदेखि लगातार यहाँबाट जित्दै आएका छन् । पटक पटक मन्त्री तथा उपप्रधानमन्त्री बनेका उनले यसअघि पनि यसै गरी अन्य पार्टीको मत ल्याएर जित्ने गरेका थिए ।

Advertisement

प्रदेशसभा १ मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र २ मा रामजी घिमिरे विजयी भएका छन् ।

आचार्यले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सागर केसीलाई ७ सय ४० मतान्तरले पराजित गरेका हुन्। आचार्यले २० हजार ५ सय १८ मत ल्याउँदा केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गरेका थिए ।

यसै गरी प्रदेश सभा २ मा रामजी प्रसाद घिमिरे २२ हजार ७ सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कमल प्रसाद भुसालले २१ हजार ९ सय ७५ मत प्राप्त गरेका थिए । घिमिरेले भुसाललाई ८ सय १ को मतान्तरले जितेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री