बिहीबार, ६ वैशाख २०८१

प्रधानलाई हराउँदै ७१ मतले स्वतन्त्रका खड्कबहादुर बस्नेत विजयी

समयपोष्ट २०७९ मंसिर ७ गते २०:३२

Advertisement

पश्चिम नवलपरासीमा स्वतन्त्र उम्मेदवार खड्कबहादुर बस्नेत विजयी हुनुभएको छ ।

निर्वाचन क्षेत्र नं २ मा प्रदेश सदस्यका लागि उम्मेदवारी दिनुभएका बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिष प्रधानलाई ७१ मतले पछाडि पार्दै विजयी हुुनुभएको हो ।

बस्नेतले १२ हजार चार सय ४९ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका प्रधान १२ हजार तीन सय ७८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै एमालेका उम्मेदवार थानप्रसाद गैरे नौ हजार नौ सय ७१ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको छ ।

प्रधान मतगणनाको पहिलो दिनदेखि नै धेरै मतले अग्रता लिँदै आउँदा आज पानीको धारा चिह्न भएका स्वतन्त्र उम्मेदवार खड्कबहादुर बस्नेत उहाँलाई उछिन्दै ७१ मतले विजयी हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री