
बाग्लुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका केसीले एमालेका सूर्यप्रसाद पाठकलाई पराजित गरेका हुन् ।
केसीले २१ हजार ४५१ मत प्राप्त गरेका छन् । केसीका प्रतिष्पर्धि पाठकले १८ हजार ८२५ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ मत ल्याएर तेस्रो भएका छन् ।







प्रतिक्रिया