बुधबार, १२ वैशाख २०८१

हिलारी क्लिन्टनको इमेल लिक हुने क्रम रोकिएन , अमिताभ बच्चनको बारेमा पनि सोधपुछ गरेको खुलासा

समयपोष्ट २०७३ कार्तिक २२ गते ५:११

अमेरिकी डेमोक्रयाटीक पार्टीको तर्फबाट राष्ट्रिपतिकी उमेदवार हिलारी क्लिन्टनको लिक इमेलबाट एक पछि अर्को नयाँ नयाँ खवरहरु सार्वजनिक हुन थालेका छन् । भर्खरै मात्र भारतिय अभिनेता अमिताभ बच्चनबारे सोधपुछ गरिएको नयाँ इमेलले विश्व तताएको छ । लिक भएको सो इमेलमा  उमेदवार क्लिन्टनले आफ्नो सहयोगिसंग बलिउड स्टार अमिताभ बच्चनको बारेमा सोधपुछ गरेकी छिन् ।

Advertisement

वासिग्टन पोष्टका नेशनल पोलिटिकल रिपोर्टर जोसे डेलरियलले हिलारीको एक लिक इमेल ट्विटरमा पोष्ट गरेका छन् । 
सो इमेलमा अमेरिकी पुर्व विदेश मन्त्री क्लिन्टनले आफ्नी पाकिस्तानी मुलुककी सहयोगी हुमा अबेदीनसंग अमिताभको बारेमा सोधपुछ गरिरहेकी छिन् ।
वासिग्टन पोष्टका नेशनल पोलिटिकल रिपोर्टर जोसे डेलरियलले गरेका ट्विट अनुसार हिलारी क्लिन्टनले हुमालाई सो इमेल सन् २०११ मा गरेकी थिइन् । इमेलमा क्लिन्टनले हुमालाई सोधेकी छिन् ‘केही बर्ष अघि हामीले एक जना फेमस भारतिय अभिनेतालाई भेटेका थिर्यौ उनको नाम के हो ।’ हुमाले जवाफमा अमिताभ बच्चनको नाम लेखेकी छिन् । लिक भएको इमेलमा अमिताभ बच्चनको बारेमा किन सोधियो भन्ने खुलाईएको छैन । 

hileri-twi-f

अमेरिकी राष्ट्रपति चुनाव अन्तिम चरणमा पुगिसकेको छ । तर लिक भएको इमेलको भुतले अझै क्लिन्टनलाई पछ्याउन छोडेको छैन।
एफ वि आई ले हुमा अबेदीनकी पति एवं पुर्व कंग्रेश सदस्य एंथनी वेनरको ल्यापटपमा पाईएको करीब ६.५० लाख इमेलको समिक्षा गर्न पनि सुरु गरिसकेको छ । हुमा र उनका पति भने दुवै अलग अलग बस्ने गर्दछन् ।लिक इमेलको कारण हुमा अहिले राजनितिक हग्गामाको केन्द्रमा परेकी छिन् । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री