बाजुरामा मतपेटिकामा आगजनी

बाजुराको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ ।

Advertisement

प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको क केन्द्रको प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको हो ।

मतदान अधिकृत रामकुमार यादवले एकाएक मतपेटिकामा धुवाँ निस्किएको बताए ।

मतपेटिकामा आगजनी कसले गरेको हो भन्नेबारे खुल्न नसकेको उनको भनाइ छ ।

उक्त घटनापछि पुनः मतदान गराउने या के गर्ने भन्नेबारे खुलेको छैन ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री