
सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएको छ ।
एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको छ ।
माओवादीले अवरोध खडा गरी एकलौटी गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले विरोध गरेका छन् ।
सुरक्षाकर्मी तत्काल खटाइएसँगै अहिले स्थिति नियन्त्रणमा आएको र मतदान जारी रहेको निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन् ।
यहि केन्द्रबाट सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका थिए ।








प्रतिक्रिया