नेपाल बैंकद्वारा के एल दुगडका अध्यक्ष सम्मानित

के एल दुगड समुहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६ औ वार्षिकोत्सबको अबसरमा सम्मान गरेको छ।

Advertisement

बैंकले दुगडलाई आफ्नो सम्मनित, मर्यादित, नियमित सहयात्रीको रुपमा बैंकको स्थापनाकालदेखि नै ब्यबसायिक साझेदारको रुपमा रहिरहेको र यो कुरा बैंकले चिरकालसम्म सस्थागत रुपमा स्मरण गर्ने जनाएको छ।

मुलुकमा आर्थिक कारोबारलाई प्रबर्धन गर्दै रोजगारी सिर्जना गर्ने, उत्पादनमुलक क्षेत्रमा लगानी गरि निर्यातको माध्यमबाट बिदेशी मुद्रा आर्जन गर्ने, आपूर्ति प्रणालीलाई सहजिकरण गर्ने, आर्थिक क्रियाकलाप सुचारु गर्दै उद्यमसिलताको वृद्धि गर्ने कार्यमा दुगडले पुर्याएको योगदानको साथी नेपाल बैंक हुन पाएकोमा बैंकले गर्ब महसुस गरेको कुरा सम्मान प्रमाण पत्रमा उल्लेख छ।

नेपाल बैंकको ब्यबसायिक तथा निष्ठावान ग्राहकको रुपमा दुगडलाई सम्मान पत्र बितरण नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नु भएको थियो ।

उक्त अबसरमा सम्मान ग्रहण गर्दै किसानलाल दुगडले आफुले पहिलो बैंकिंग कारोबार नेपाल बैंकबाट गरेको,सन १९६० मा नेपाल बैंक मार्फत नै एल सि खोलेर रअ जुट निर्यात गरेको, सन १९८१ मा एउटै एल सि मार्फत बैंककै ईतिहासमा आज सम्मैकै ठुलो एल सि मार्फत चामल बङालादेश निर्यात गरेको, बैंककै साथका कारण आफु तथा आफ्नो समुहले कृषि तथा बिभिन्न क्षेत्रसँग सम्बन्धित उद्योगमार्फत उत्पादित बस्तुहरु बिदेशसम्म निर्यात गर्न सक्षम भएको स्मण गर्दै बैंकको प्रगतीको शुभकामना व्यक्त गर्नुभयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री