रसुवा नाकाबाट डेढ करोड रुपैयाँ बराबरको मदिरा र चुरोट बरामद


नेपाल–चीन सीमा नाका रसुवाबाट डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेको टोलीले रसुवा सीमा क्षेत्रको अस्थायी ड्राइपोर्टमा राखिएको अवस्थामा बिहीबार सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ्गको कमाण्डको संयुक्त टोलीले सामान बरामद गरेको हो ।

Advertisement

अवैध रुपले चोरीपैठारी गरी ल्याईएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवालाई सो अवैध सामानबारे गोप्य सूचना प्राप्त भए पश्चात सशस्त्र प्रहरी निरीक्षक गुरुङ्ग कमाण्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो ।

बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ।

निर्वाचनको मौका छोपी हुन सक्ने अवैध क्रियाकलाप रोक्न उत्तरी सीमा नाकामा समेत सशस्त्र प्रहरी बल नेपालले विशेष निगरानी गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री