बिहीबार, १३ वैशाख २०८१

सगरमाथा इन्स्योरेन्सको खुद बिमाशुल्क बढ्यो, नाफा ३ करोड २५ लाख रुपैयाँ

समयपोष्ट २०७९ कार्तिक ३० गते १२:२१

Advertisement

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४० करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ३९ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.५४ प्रतिशतले बढी हो ।

यसैगरि कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४७.२८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ६ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खर्च बढ्दा नाफा प्रभावित देखिएको हो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट २ करोड ३६ लाख रुपैयाँ, पुनर्बीमा कमिशन वापत ९ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४४ करोड ७० लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब २३ करोड ८८ लाख रुपैयाँ र महाविपत्ती कोषमा १२ करोड ३ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ४४ पैसा र मूल्य आम्दानी अनुपात ८९.१६ गुणा बढी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री