पोखरा–जोमसोम हवाई रुटमा मौसमी क्यामरा

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम हवाई रुटमा उडान सुरक्षाका लागि तीन ठाउँमा मौसमबारे जानकारी दिने क्यामरा राख्ने भएको छ । प्राधिकरणले कालीगण्डकी कोरिडोरअन्तर्गत माहुरेडाँडा, कुटुका र लेतेमा मौसमबारे जानकारी दिने क्यामरा जडान गर्न लागेको हो ।

Advertisement

क्यामरा जडानका लागि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । माहुरीडाँडा, कटुका र लेतेमा जडान गरिने मौसमी जानकारी दिने क्यामराको परीक्षण सफल भएमा अन्य विमानस्थलमा समेत सेवा विस्तार गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोखरा–जोमसोम हवाईमार्गको समुद्री सतहबाट दुई हजार तीन सय मिटरदेखि तीन हजार तीन सय मिटर अग्लो स्थानमा आविष्कार केन्द्रले उक्त अत्याधुनिक क्यामरा जडान गर्नेछ ।” प्राधिकरण र आविष्कार केन्द्रबीच भएको सम्झौताअनुसार क्यामरा जडानमा लाग्ने खर्च प्राधिकरणले बेहोर्नेछ भने प्रविधि भने राष्ट्रिय आविष्कार केन्द्रले जुटाउनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री