पश्चिम नेपालमा कुनै पनि बेला विनासकारी भूकम्प जान सक्ने

पश्चिम नेपालमा सन १५०५ मा विनासकारी भुकम्प गएको थियो । अहिले सन २०२२ सकिदै छ । झण्डै सात सय वर्ष भयो, यो ठाँउमा विनाशकारी भुकम्प गएका छैनन् । मुख्य दरारमा प्रत्येक वर्ष भारतिय प्लेट दुई सेन्टिमिटरका दरले भित्र छिर्ने गर्छ । जसले गर्दा एक सय वर्षमा दुई मिटर भित्र छिर्छ । सात सय वर्षमा जम्मा १४ मिटर भित्र अड्केर बसेको भुकम्पविद एवं त्रिभुवन विश्व विद्यालयका प्रा.डा. दिपक चम्लागाईको भनाई छ ।

Advertisement

त्यो १४ मिटर जुनसुकै बेला सर्न सक्ने भएकाले भुकम्प जाने सम्भावना रहेको चम्लागाईको भनाई छ । ‘त्यो १४ मिटर सर्न बाँकी दरार भनेको जोखिमयुक्त हो । त्यो सर्दा पश्चिम नेपालमा विनासकारी भुकम्प जान सक्छ ।’

विगतमा गएका भुकम्पको तथ्यांकलाई हेर्दा कुनै पनि ठाँउ बिषेशमा एक पटक भुकम्प गईसके पछि त्यही ठाँउमा अर्काे भुकम्प जानलाई लगभग सात सय वर्ष सम्म लाग्ने उनको भनाई छ । मध्यमखालका र अझ त्यो भन्दा ठूलो भूकम्प जान नौ सय वर्ष लाग्ने उनले बताए ।आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री