शुक्रबार, १४ वैशाख २०८१

नेपाल लाईफको खुद नाफामा वृद्धि, यस्तो आयो पहिलो त्रैमासको वित्तिय विवरण

समयपोष्ट २०७९ कार्तिक २९ गते ८:४२

Advertisement

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३९८.२२ प्रतिशत बढी हो।

इन्स्योरेन्सको आम्दानी बढेसँगै नोक्सानीको लागि व्यवस्था घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १८ करोड ८ लाख रुपैयाँ नोक्सानी बापत व्यवस्था गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ७१ लाख रुपैयाँ मात्र यस्तो व्यवस्था गरेको छ। जसले गर्दा खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क १.९७ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी २.२३ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल बीमाशुल्क १.४३ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सले २२ हजार १२५ दाबीबापत ३ अर्ब ९६ करोड ११ लाख रुपैयाँ भुक्ता नी गरेको छ भने १ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष १२९.०४ प्रतिशत बढेका छ। त्यसैगरी, जीवन बीमा कोष १९.६४ प्रतिशत बढेको छ भने महाविपत्ती जगेडा कोष ३१.६२ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ८ रुपैयाँ १७ पैसा बढेर ८ रुपैयाँ ५६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६७.९७ गुणा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री