बुधबार, २६ वैशाख २०८१

ओमेगा सिकी इलेक्ट्रिक भेहिकल उत्पादन गर्ने विश्वकै ठूलो कम्पनी

समयपोष्ट २०७९ कार्तिक २८ गते १४:२९

Advertisement

ओमेगा सिकी विश्व बजारमा छोटो समयमा इलेक्ट्रिक भेहिकल उत्पादन गर्ने मध्येको ठूलो कम्पनी बन्न सफल भएको छ ।

वातावरणमैत्री र किफायती भएकै कारण इलेक्ट्रिक भेहिकलप्रति आम जनमानसको चासो र बजारमा माग बढेसँगै ओमेगा सिकीले छोटो समयमै प्रगति गर्न सकेको हो । पछिल्लो समय ओमेगा सिकी आकर्षणको केन्द्र बनेको छ ।

ओमेगा सिक्की मोबिलिटी एङ्ग्लियन ओमेगा ग्रुप अफ बिजनेसको सदस्य हो। यो भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरूको लागि स्टिल पार्ट्स निर्माणमा केन्द्रित छ।

समूहले पछिल्लो ५ वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजनाहरू यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको कम्पनीले जनाएको छ ।

Advertisement

विद्युतीय सवारीसाधनको व्यवसाय समूह कम्पनी ओमेगा कम्पनीले आफ्नो इन-हाउस आर एन्ड डी सुविधामा थ्री व्हिलर सवारीसाधनहरू आकर्षक डिजाइनमा विकास गरेको छ।

रेज प्लस र स्ट्रिम ब्रान्ड अन्तर्गतका गाडीहरू भारतका धेरै प्रमुख ईकमर्स र रसद कम्पनीहरूले प्रयोग गर्छन्।

कार्गो सवारी साधनका लागि पूर्वको टेस्ला बन्नको लागि यो कम्पनी नयाँ दिल्लीमा प्यान एसिया ब्रान्ड निर्माण गर्ने परिकल्पनामा कम्पनि शुरूआत भएको कम्पनीको वेबसाइटमा उल्लेख छ ।

इलेक्ट्रिक थ्री व्हिलरबाट आफ्नो यात्रा शुरूआत गरेको कम्पनीले छोटो समयमै फोर व्हिलर र टु व्हिलरमा पनि आफ्नो उपस्थिति जनाउँदै गएको छ ।

ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने तथा कम्पनीले कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि निरन्तर काम गर्दै जाने उदेश्यले एमएडब्लू भृद्धिले ३० असोज ओएसएमका तीन पांग्रे विद्युतीय सवारीनेपाली बजारमा ल्याउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री