बुधबार, २ जेठ २०८१

हिमालयन र शुभश्री कलेजसंग महालक्ष्मी विकास बैंकको सम्झौता

समयपोष्ट २०७९ कार्तिक २० गते १९:०५

Advertisement

महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्ट सँग सम्झौता गरेको छ ।

हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बिच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गर्नु भएको हो ।

त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित एक विशेष कार्यक्रमकाबिच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओलीले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गर्नु भएको हो ।

Advertisement

उक्त सम्झौता पश्चात बैंकले कलेजका बिद्यार्थीहरुका लागि इन्टर्नसिप अपर्चुनिटी, जब फेयर प्रोग्रम, बैंकिंग अवेरनेस प्रोग्राम,गेष्ट लेक्चर भिजिट लगायत अन्य कार्यक्रमहरु प्रदान गर्ने छ । यस किसिमको सहकार्यबाट कलेजका बिद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री