
भारतको त्रिपुराको धलाई जिल्लाको दुर्गम गाउँमा १६ वर्षीय किशोरले आफ्नी आमा, हजुरआमा, १० वर्षीया बहिनी र छिमेकीको हत्या गरी शव इनारमा फालिदिएका छन् । अभियुक्तलाई सोधपुछका लागि हिरासतमा लिइएको एक वरिष्ठ प्रहरी अधिकारीले आइतबार बताए । आरोपितले नियमित लागुऔषध सेवन गर्ने गरेको जानकारी आएको छ । हत्याको कारण खुल्न सकेको छैन ।
घटना त्रिपुराको धलाई जिल्लाको भएको प्रहरी अधिकारीले जानकारी दिए । “प्रारम्भिक अनुसन्धानमा कमलपुर उप-डिभिजन निवासी नियमित लागुऔषध दुव्र्यसनी भएका किशोरले शनिबार बिहान आफ्नै आमा, हजुरबुवा, १० वर्षीया बहिनी र छिमेकीको हत्या गरेको खुलेको छ। हत्याको कारण खुल्न सकेको छैन ।”
अधिकारीका अनुसार केटाका बुबा फर्किएपछि घरमा रगतको थुप्रो देखे । त्यसपछि उनलाई शंका लाग्यो । खोजी गर्दा परिवारका सदस्यको शव घरको छेउमा रहेको इनारमा फालिएको भेटियो । बुबाले आवाज उठाएपछि गाउँलेहरूले घटनाबारे प्रहरीलाई जानकारी दिए।
बिहान करिब ९ः३० बजे अभियुक्तको घरमा चर्को स्वरमा गीत गाएको सुनेको गाउँलेहरुले बताएका छन् । कुटपिट गर्दा चिच्याउनबाट बच्न अभियुक्तले यस्तो गरेको हुन सक्ने आशंका गरिएको छ । केही घण्टापछि उनका बुबाले इनारमा चारवटा शव फेला पारे।
“शरीरमा चोटका निशानहरू छन् जसले हत्याराले चारैजनाको हत्या गर्न धारिलो वस्तु प्रयोग गरेको संकेत गर्दछ। तर मृत्युको वास्तविक कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुनेछ,” प्रहरी अधिकृतले भने। आरोपी गाउँबाट भाग्न खोज्दै थिए तर पक्राउ परेका थिए।







प्रतिक्रिया