
लुम्बिनी विकास बैंकले नुवाकोटको बट्टार बसपार्कमा राख्नको लागि एक थान रङ्गिन टेलिभिजन र डिस होम सहयोग गरेको छ ।
उक्त सामाग्री शुक्रबार एक कार्यक्रमकाबिच बैंकका शाखा प्रमुख बिश्वम्भरमान सिंह डंगोलले बिदुर नगरपालिकाका नगर प्रमुख राजन लाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत यात्रुहरुको प्रतिक्षारत समयमा मनोरञ्जन प्रदान गर्ने मनसायले उक्त सामाग्री सहयोग गरेको जनाएको छ ।
सो अवसरमा नगर प्रमुख श्रेष्ठले बैंकलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै उक्त सामान हस्तान्तरण समारोहमा युवा नेता निलम बाबु ढुंगेल, समाजसेवी बद्री त्रिपाठी, सुरक्षाकर्मी, पत्रकार लगायत, बैंकको बट्टार शाखा प्रमुख बिश्वम्भरमान सिंह डंगोल तथा देबीघाट शाखा प्रमुख रमेश कुमार नेपाल लगायत अन्य व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।
लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा काठमाडौं उपत्यकामा थप तिन शाखाहरु जसमा काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने प्रकृयामा रहेको छ ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।










प्रतिक्रिया