शनिबार, १५ वैशाख २०८१

कहिले बाँडफाँट हुँदैछ इष्टर्न हाइड्रोको आइपिओ ?

समयपोष्ट २०७९ कार्तिक १६ गते २०:५२

Advertisement

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपिओ भोलि बाँडफाँट हुँने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइपिओ कात्तिक १७ गते बिहीबार बिहान ९ बजे बाँडफाँट गरिने छ ।

कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणलाई आइपिओ निष्काशन गरेको थियो ।

कम्पनीको आइपीओ मंगलबार प्रिअलमेन्ट भइसकेको छ। प्रि अलटमेन्ट सकिएको ३ दिनभित्र आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओमा १३ लाख ९४ हजार ३२६ वटा आवेदनबाट १ अर्ब ५७ करोड १८ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख १८ हजार ४७० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख २३ हजार ३८९ कित्ता शेयरको २५.२१ गुणा बढी हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री