बुधबार, १२ वैशाख २०८१

सी.जी मोटोर्सको बहुचर्चित चाङगनको विद्युतीय भ्यान नेपालमा

समयपोष्ट २०७९ कार्तिक १६ गते १७:२१

Advertisement

विश्वकै बहुचर्चित निटा र ओला पश्च्यात सी.जी. मोटोर्सले चाङगनको विद्युतीय भ्यान नेपाली बजारमा भित्राएको छ ।

पेसेन्जर कार सेग्मेंटमा निटा भीको सफलता पछि सी. जी. मोटोर्सले पहिलो चरणमा लाइट कमर्सिअल सेग्मेंट अन्तर्गत चाङगनको भी-5 मोडल नेपाल भित्र्याएको हो । यससंगै कम्पनीले केही समयपछि भी-7 पनि भित्राउने जानकारी गराएको छ। सी.जी. मोटोर्सले विद्युतीय सवारी भित्र्याउने क्रम बढाएसँगै चार्जिङ पूर्वाधारलगायत आवश्यक सेवा सुविधा बिस्तारलाई उच्च प्राथमिकता दिएको जनाएको छ।

बढ्दो इन्धनको मूल्य पश्च्यात मध्यम तथा सानो दुरीमा इन्धनबाट चल्ने माइक्रोलाई विस्थापन गर्नेसक्ने क्षमताका विद्युतीय भ्यानको ठुलो आवश्यकतालाई मध्यनजर गर्दै सी.जी. मोटोर्सले चाङगनको भी-5 ल्याएको हो ।

यस्ता छन् भीफाइभ ईभी भ्यानका विशेषता

सीजीले ल्याउन लागको यो भ्यान निक्कै शक्तिशाली रहेको छ। यो भ्यानले एक पटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। ११ सिट क्षमताको यो भ्यान मध्यम तथा छोटो दुरीमा यात्रु ओसारपसार गर्नका लागि उपयुक्त हुनेछ।

• ह्वील बेस- २९३० एमएम

• जीभीडब्लू- २६00 केजी

• सिट क्षमता- ११

• नर्मल चार्जिङ पावर- ६.६ केडब्लू

• चार्जिङ टाइप- युरो स्ट्यान्डर्ड (सीसीएसटू)

• ब्याट्री पावर- ४१.८६ केडब्लूएच (सीएटीएल)

• माइलेज- ३०० किलोमिटर

• अधिकतम गति- १०० किलोमिटर प्रतिघण्टा

• ग्राउन्ड क्लियरेन्स- १७५ एमएम

• ब्रेकिङ सिस्टम- फ्रन्ट डिस/रेयर ड्रम

प्रतिक्रिया

सम्बन्धित सामाग्री