बुधबार, १९ वैशाख २०८१

ब्रोकर र स्टक एक्सचेञ्ज लाईसेन्स सम्बन्धि सम्पूर्ण प्रक्रिया स्थगित

समयपोष्ट २०७९ कार्तिक १५ गते १३:४०

Advertisement

नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेञ्जको लाईसेन्स, नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स र ब्रोकर लाईसेन्स सम्बन्धि सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ ।

सर्वोच्च अदालतको अल्पकालीन आदेशका कारण उक्त प्रक्रिया रोकिएको बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी बजारको आवेदनका लागि आज अन्तिम म्याद तोकिएको थियो । तर, अहिलेसम्म आवेदन नपरेको प्रवक्ता केसीले बताए ।

धितोपत्र बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो । बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो । तर कतिवटा ब्रोकरलाई लाइसेन्स दिने भन्नेबारे सूचनामा खुलाएको थिएन । ब्रोकर लाईसेन्सको लागि ४६ कम्पनीले आवेदन दिएका छन् ।

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई कात्तिक ४ गते नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रकृया तत्काल अघि नबढाउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री