बिहीबार, १५ चैत २०८०

‘भारतीय राष्टपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल’

समयपोष्ट २०७३ कार्तिक १९ गते ९:५६

सरकारले भारतीय राष्टपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।

Advertisement

शुक्रबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीच थप विश्वास र सौहाद्रताको वातवरण श्रृजना गराएको भन्दै भ्रमण सफल भएको निष्कर्ष निकालेको हो ।
भ्रमण सफल र फलदायी भएको निष्कर्ष निकालेको परराष्ट्रमन्त्री प्रकाश शरण महतले जानकारी दिए। उनले राष्ट्रपति विद्या भण्डारीलाई भारत भ्रमणको औपचारिक निम्ता भईसकेका कारण छिट्टै भ्रमण गर्ने जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री