बिहीबार, १५ चैत २०८०

सुनको सिंहासनमा बस्ने अफ्रिकी राजाहरु (फोटोफिचर)

समयपोष्ट २०७३ कार्तिक १९ गते ७:०९

पश्चिम अफ्रिकी मुलुक नाईजेरियाको अर्थब्यवस्था तेल उत्पादनको आसपास घुमिरहन्छ।अहिले तेलको मुल्यमा लगातार गिरावट आईरहदा नाईजेरियाको अर्थ ब्यवस्था डामाडोल बनेको छ । नाईजेरियामा एक शताब्धि अघिनैे राजसंस्था समाप्त भएको हो । राजसंस्था यथावत नरहे पनि त्यहाका राजघरानियाहरु राजसी ऐश आरामका साथ जिन्दगी विताईरहेका छन् । नाईजेरियाका जनताहरु पनि नाईजेरियन सरकारलाई भन्दा बढी त्यहाका राजालाई बढी विश्वास गर्ने गर्दछन् । फेमश फोटोग्राफर जर्ज ओसोदीले नाईजेरियाका शाही घरानाका दुर्लभ तस्विरहरु आफ्नो क्यामरामा कैद गरेका थिए।उक्त तस्विरहरु अव डकुमेण्ट्रीको रुपमा सार्वजनिक हुँदै छन् ।सो डकुमेण्ट्रीलाई ओसोदीले किंग अफ नाईजेरिया नाम दिएका छन् । 

Advertisement

 

al-haji-k1-f


उनी हुन्  कत्सीनाका  राजा अलहाजी अब्दुलमुमीनी कबीर उस्मान। उनको बुवाको मुत्यु भएको पाँच दिन पछिनै उनलाई सन् २००८ मा राजा बनाईएको थियो ।

 

omo-nova-k2


उनी बेनिनका  राजा ओमो नोबा नेदो उकू अकपोलोकपोलो। उनलाई सन् १९७९मा  राजा बनाइएको थियो ।सिंहासानमा बस्नुभन्दा पहिले उनी सरकारी उच्च पदमा रहेर काम गर्दथे । उनले  कैंब्रिज यूनिवर्सिटीबाट अध्ययन पुरा गरेका थिए । 

wilson-f

उनी हुन् नाइजीरिया उघेली राज्यका राजा विल्सन ओजाकोवो ओगहोघोवे ओहारिसी तृतीय। उनले उघेली राज्यमा ३३ वर्ष देखी राज गरिरहेका छन् । उनी पनि नाईजेरियाका सबैभन्दा सम्पन्न राजाहरुमध्यका एक हुन् । 

ksno-ststek4f

उनी हुन् नाइजीरिया कानो स्टेटका राजा राजा अलहाजी डॉक्टर अदो अब्दुल्लाही। उनी  नाइजीरियाका सबैभन्दा धनी राजाहरुमा एक थिए । उनले करीब २७बर्षसम्म कानो स्टेटमा शासन गरेका थिए ।  

ob-k5-f

उनी हुन् नाइजीरिया डेल्टाई राज्य इदुमुजे उनोरका राजा ओबी जेम्स अन्यासी। अफ्रिकी सत्तामा सबैभन्दा लामो समयसम्म राज गर्ने राजा उनै हुन् ।

 

ala-aluwak6-f

आफ्नो महलमा आराम गरिरहेका उनी हुन् अलाएलुवा ओबा ओकूनादे सिजुवादे। उनी नाइजीरिया शहर ऊनीका राजा हुन्।

atunji-k7-f

 

दक्षिण पश्चिम नाइजीरियाका राजा ओबा ओएतुंजी जीमोह ओलानीपेकुन। उनलाई १९७६ मा राजा बनाईएको थियो । 

benjamink8-f

नाइजरियाई शहर अगबोरका राजा बेन्जामिन। उनको १९७७मा भएको थियो । उनका बुवाको अचानक मृत्यु भएपछि दुई वर्ष चार महिनाको  कलिलै उमेरमा राजा बनाईएको थियो ।  

tritiya-k9
इसाबा राज्यका राजा देयिनमोवुरू दोनोकोरोमो तृतीय। उनले १९८३ देखी शासन गरिरहेका छन् । इसाबा, नाइजीरियाको तेल संपन्न राज्य हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री