बिहीबार, १५ चैत २०८०

पूर्ण नियन्त्रणमा डेंगु

समयपोष्ट २०७३ कार्तिक १९ गते ५:२४

देशभरका विभिन्न ठाँउमा तिव्र रुपमा फैलिदै गएको डेंगु अहिले पूर्णतया नियन्त्रणमा आएको छ ।  सरकारी तवरबाट पर्याप्त प्रयास भएपछि डेंगु नियन्त्रणमा आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 
गत तिन चार दिनदेखि कुनैपनि जिल्लामा विरामीहरु देखिएको भन्ने जानकारी नआएकाले डेंगु पूर्ण नियन्त्रणमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भिम आचार्यले जानकारी दिए । 
साथै प्रभावित जिल्लाहरुबाट किटको माग नआएकाले पनि डेंगु नियन्त्रणमा आएको भन्न सकिने उनले बताए  । डेंगुबाट प्रभावित कुनैपनि जिल्लामा किटको अभाव नभएको महाशाखाको दावी छ । 
गत साउन देखि अहिले सम्म चितवनमा ४९४, झापामा १८४, रुपन्देहीमा १८, कैलालीमा १२ र मकवानपुर, वाँके र बर्दियामा ११/११ जना सहित देशभरी ७७१ जनामा डेंगु भएको पुष्टी भएको छ । 
स्वास्थ्य मन्त्रालयको सतर्कता अभियान अन्तर्गत लामखुट्टे मार्ने र औषधी उपचार गर्नेक्रम बढेकाले रोग नियन्त्रणमा आएको महाशाखाको दावी छ । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री