शनिबार, १५ वैशाख २०८१

एमालेको केन्द्रीय कमिटीमा को-को परे ?

समयपोष्ट २०७८ मंसिर १३ गते १:००

Advertisement

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटीको नाम पेश गरेका छन् ।

मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै केन्द्रीय सदस्यहरुको नाम पेश गरेका हुन् ।

केन्द्रीय सदस्यहरुमा गोविन्द नेपाली,केशव स्थापित, शान्ता चौधरी, रामचन्द्र मण्डल, सावित्रा राना, जुलीकुमारी महतो, ज्वाला कुमारी महतो, रिता शाह, बैजनाथ चौधरी, गंगा चौधरी, राजकुमार लेखी
मायानाथ अधिकारी,जगत बिक,सीमा क्षेत्री, लिला गिरी ,दिनेश पन्थी, भूमिश्वर ढकाल, धर्मराज रेग्मी, नगरेन्द्र शाही, नारदमूनी राना, ,कमला ओली, कमला बोहरा लगायतको नाम रहेको छ ।

ओलीले ३०१ सदस्यी केन्द्रीय कमिटीमा २०० जना पुरुष र १०१ महिलाको नामावली वाचन गरेका छन् । वाचन गरेपछि उनले त्यसलाई पारित गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री