
सुत्केरीको ज्यान बचाउन नेपाली सेनाको ईश्वरी बक्स गुल्मले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
सन्धिखर्क नगरपालिका ४ वाङ्ला निवासी वर्ष २० की संगिता रिजाल मंगलवार वाङला स्वास्थ्य चौकी, अर्घाखाँचीमा सुत्केरी भई अत्याधिक रक्तश्रावको कारण थप उपचारको लागि जिल्ला अस्पताल अर्घाखांची ल्याईएको र विरामीको शरिरमा रगतको मात्रा निकै कम भई ज्यान नै जोखिममा परेकोले ईश्वरी बक्स गुल्मले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
गुल्मका गुल्मपती सेनानी आदित्य सिलवालका अनुसार २ जना जवानहरुले एक/एक पिन्ट रक्तदान गरी ज्यान जोखिममा रहेको विरामीको उपचारमा सहयोग गरेका हुन् ।







प्रतिक्रिया