शनिबार, १५ वैशाख २०८१

माओवादी केन्द्र रुपन्देहीका ईन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणी) को सवारी दुर्घटनामा मृत्यु

समयपोष्ट २०७८ मंसिर ८ गते ७:३३

Advertisement

नेकपा माओवादी केन्द्र रुपन्देहीका ईन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणी) को सवारी दुर्घटनामा मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार बन्जाडेलाई मँगलबार राती बुटवलको जीतगढीमा बसले ठक्कर दिँदा मृत्यु भएको हो ।

पश्चिमबाट बुटवलतर्फ आउँदै गर्दा उनी सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकलका चालक पाल्पा रामपुरका जीतबाहादुर थापा गम्भिर घाइते भएका छन् । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९०६ नम्बरको बसले उनीहरुलाई ठक्कर दिएको थियो ।

घटनापछि घाइते भएका उनीहरुलाई बुटवलकै लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले उपचारकै क्रममा बन्जाडेलाई मृत घोषणा गरेको हो ।

बन्जाडे नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री