बिहीबार, १५ चैत २०८०

दीपेन्द्र लामाको निर्देशनमा बन्ने भयो ‘घुइँचो’, एलिजा र कुन्साङ लिड रोलमा

समयपोष्ट २०७८ मंसिर ७ गते ११:२५

Advertisement

नेपाली युवापुस्तामा रहेको अमेरिकी ड्रीम्सको कथामाथि फिल्म ‘घुइँचो’ निर्माण हुने भएको छ ।

राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा फिल्म निर्माणको घोषणा गरियो ।

निर्देशक दीपेन्द्र लामाले गाउँका पात्रहरुका सुखदु:खलाई कमेडी शैलीमा प्रस्तुत गरिने यो फिल्म सोसियल ड्रामा जनराको रहने जाकारी दिए । उनले फिल्मको छायांकन माघबाट सुरु हुँने बताए ।

छायांकन कर्णालीका दैलेख, जुम्ला र मुगुमा हुने लामाले बताए ।

पहिलोपटक निर्देशक लामाले दयाहाङ राई, पल शाह र दीपकराज गिरीभन्दा नयाँ कास्टसँग सहकार्य गर्दैछन् । म्युजिक भिडिओका चर्चित मोडल कुन्साङ बोमजन र नायिका एलिजा गौतमको मुख्य भूमिका रहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री