शुक्रबार, १४ वैशाख २०८१

के छुट्टिन लागेका हुन् निक र प्रियंका ?

समयपोष्ट २०७८ मंसिर ७ गते १०:३७

Advertisement

बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेदको हल्ला फैलिएको छ ।

प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट पतिको थर हटाएपछि उनीहरुको सम्बन्धविच्छेदको हल्ला फैलिएको हो ।

प्रियंकाकी आमा मधु चोपडाले भने उक्त खबर अफवाह भएको बताएकी छन् । उनले यस्ता झुटा खबर नफैलाउन अनुरोध समेत गरेकी छन् ।

यसैबीच, निकले आफ्नो एउटा भिडियो सार्वजनिक गरेका छन् । उनले फिटनेस भिडियोमा डबल्स उठाइरहेका छन् ।

उनले सेयर गरेको भिडियोमा प्रियंकाले प्रतिक्रिया जनाएकी छन् । जसमा उनले लेखेकी छन्, ‘म तिम्रो अंगालोमा मरिसकेँ ।’ उनले दिएको यस्तो प्रतिक्रियापछि उनीहरुको सम्बन्धमा कुनै पनि प्रकारको मनमुटाव नआएको बताइएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री