शुक्रबार, ७ वैशाख २०८१

डीएभी स्कूलमा नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट

समयपोष्ट २०७८ मंसिर ५ गते १८:५८

Advertisement

डीएभी सुशील केडिया विश्व भारती स्कूल, काठमाडौं र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौंले नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट सम्पन्न गरेको छ ।

डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडियाको अध्यक्षता र भारतीय राजदूताबासका प्रथम सचिव (प्रेस, सूचना र संस्कृति)नवीन कुमारको उपस्थितिमा २१ नोभेम्बर २०२१ मा सम्पन्न कार्यक्रमको उद्घाटन बरिष्ठ राजनीतिज्ञ तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गरेका हुन् ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै ठाकुरले भारत र नेपालको साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीहरू बीचको सदियौं पुरानो सम्बन्धलाई प्रवर्द्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए।

सो अवसरमा बोल्दै प्रथम सचिव (प्रेस, सूचना तथा संस्कृति) नवीन कुमारले भारत र नेपालका कलाकारहरुको रमाइलो प्रस्तुति र आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा भारतका चर्चित कलाकारहरू- गायिका डा. रञ्जना झा, नर्तकहरू सुश्री यामिनी शर्मा र सुश्री रिजुला मिश्र- र नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुतिले दर्शकहरूलाई मोहित पारे। भारत र नेपालका सीबीएसई स्कूलका युवा विद्यार्थीहरूले पनि सांस्कृतिक प्रदर्शनी प्रदर्शन गरेका थिए।

यो कार्यक्रम भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउन र स्मरण गर्न भारत सरकारको पहल,’आजादी को अमृत महोत्सव’ को एक हिस्सा थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री