शनिबार, ८ वैशाख २०८१

शिखर इन्स्योरेन्स १८ औं वर्षमा

समयपोष्ट २०७८ मंसिर ३ गते १६:४३

Advertisement

शिखर इन्स्योरेन्स १७ वर्ष पूरा गरेर १८ वर्षमा प्रवेश गरेको छ । विसं २०६१ जेष्ठ १५ स्थापना भएको कम्पनीले कार्तिक २६ गते बीमा समितिबाट निर्जीवन बीमा व्यवसायका लागि इजाजत प्राप्त गरेको थियो । २०६१ मंसिर २ गतेदेखि कम्पनीले निर्जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो ।

सुरुमा कम्पनी स्थापना गर्दा १० करोडको चुक्ता पुँजी भएको कम्पनी आज १७५ करोड को चुक्ता पुँजी रहेको छ । कम्पनीको पछिल्लो १५ औ र १६ औं बार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पुँजी २२८ करोड पुग्ने यस कम्पनीले बिगत १७ बर्ष देखि अनवरत रुपमा सेवा प्रदान गर्दै आईरहेको छ ।

यस क्रममा बीमाको पहुच नेपालको बिकट जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ दैलेख डोटी , डोल्पा जस्ता दुरदराजका जिल्ला सहित कुल १०५ शाखा र निकट भबिष्यमा थप २० शाखा गरी कुल १२५ शाखा मार्फत सेवा प्रदान गर्न सफल छ ।

कम्पनी सम्पुर्ण बीमित बर्गको बिश्वास र भरोसाको केन्द्र भएका कारण नेपालमा भएका निर्जिवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ । यस अवधीमा कम्पनीले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ जसमा नेपाल सरकार अर्थमन्त्रालय, अन्तरिक राजश्व बिभाग, ठुला करदाता कार्यालय ललितपुरले आर्थिक बर्ष २०७१।०७२ मा सबैभन्दा बढि कर दाखिाले गर्ने कम्पनीका रुपमा सम्मान पत्र प्रदान । नेपाल सरकारको ४९ प्रतिशत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी लि. आ.व. २०७५।०७६ र आ.व. २०७६।०७७ मा निर्जिवन कम्पनीहरु मध्ये पुनर्बीमा शुल्क र दाबीका आधारमा सबै भन्दा बढी नाफामुलक ब्यबसाय प्रदान गरेकोमा सम्मान पत्र प्रदान । बि.स. २०७१, २०७३, २०७४, २०७६ सालमा New Business Age संस्थाबाट Best Managed Insurance Company पुरस्कार प्राप्त गर्न सफल । नेपालको दुर दराज बिकट जुम्ला, कालिकोट, डोल्पा मुगु का जनतालाई बर्षेनि मौषमका कारण स्याउ खेतिमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सुचकाङ्गक बीमालेख मार्फत किसानलाई भएको जोखिम तथा क्षतिको क्षति पुर्ति प्रदान गरेकै कारण Best Managed Insurance Companyद्धारा २०१९ मा ५०,००० पाउण्डेस्ट्रलिङ बराबर पुरष्कार रासी शिखर इन्स्योरेन्स कम्पनी लि ले प्राप्त गरेको छ । २०७२ सालको भुकम्पका कारण सृजित बिपत्तिको समयमा भत्किएका संरचनाको पुन निर्माणका लागि बीमितको दाबी समयमानै भुक्तानी गरी बीमा ब्यबसायमा दाबी केन्द्रित गरी बीमितलाई परेको बेला सहयोग गरेमा बीमा बारेको जनचेतना तथा आस्था एवम् बिश्वास आर्जन गरेमा ब्यबसायमा स्वतः बढोत्तरी हुन्छ भन्ने कुरा आज शिखर इन्स्योरेन्स कम्पनी लि. नेपालको अग्रस्थानमा रहनुले प्रमाणित गरेको छ ।

आ.व २०७७।०७८ मा निर्जिवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी ३९७ करोडको बीमाशुल्क आर्जन गर्न कम्पनी बन्न सफल कम्पनीले आफ्ना शेयरधनी महानुभवाहरुलाई राम्रो प्रतिफल दिन सफल छ ।

कम्पनीले १७ औं वार्षिकोत्सवको अवसरमा दश वर्ष सेवा अवधि पूरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरेको छ ।

हाल सम्म दश बर्ष कार्याकाल पुरा गरेका कर्मचारीको संख्या ७० पुगेको कम्पनीले जनाएको छ । वार्षिक उत्सवको अवसरमा कम्पनीको केन्द्रिय कार्यालयमा मिति २०७८–८–२ गते रक्तदान कार्यक्रमको आयोजना समेत गरिएको छ । जसमा ५६ जना कर्मचारीहरुले रक्तदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री