शुक्रबार, ४ जेठ २०८१

२६.४३ प्रतिशतले बढ्यो एभरेष्ट इन्स्योरन्सको खुद बीमाशुल्क

समयपोष्ट २०७८ मंसिर १ गते १५:००

Advertisement

एभरेष्ट इन्स्योरन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५०.७४ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २ करोड ९६ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको खुद बीमाशुल्क पनि २६.४३ प्रतिशतले बढेर १५ करोड ३१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहािले त्रैमासमा कम्पनीले १२ करोड ११ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।

Advertisement

यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ३ करोड ९२ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ८१ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब १८ करोड ३६ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३९ करोड ८८ लाख रुपैयाँ र बीमा कोषमा ४४ करोड २१ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४६ पैसा, प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ६ पैसा र मुल्य आम्दानी अनुपात ६२.६० गुणा रहेको छ ।

कम्पनीले ३१ हजार १९७ वटा बीमालेख जारी गरि ३४ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै कम्पनीले यस अवधिमा १ हजार ३३१ वटा दाबी बापत १६ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६ हजार ७४४ वटा दाबी बापत ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री