शुक्रबार, ७ वैशाख २०८१

प्रेमी भएका र लिभिङ रिलेसनमा बसेका महिलाले सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धा गर्न नपाउने

समयपोष्ट २०७८ मंसिर १ गते ७:३१

Advertisement

ग्रामिण मेक्सिकोमा यसै साता आयोजित सुन्दरी प्रतियोगितामा गर्भवती र प्रेमी भएका महिलाले प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । करिब १७ देखि २२ उमेर समूहका महिलाका लागि खुला गरिएको सो प्रतियोगितामा गर्भवती र प्रेमी भएका महिलाले प्रतिस्पर्धा गर्न नपाउने भएका हुन् ।

भाइस न्युजमा प्रकाशित समाचार अनुसार मेक्सिकोको भिल्ला ग्रासिया नगरपालिकामा आयोजित सुन्दरी प्रतियोगिताको लागि सम्बन्धित निकायले विवादित योग्यता माग गरेको छ । जसअनुसार प्रतिस्पर्धामा सहभागी महिला प्रेमी नभएको (सिंगल) हुनुपर्ने, गर्भवति नभएको हुनुपर्ने, कहिल्यै विवाह नगरेको र लिभिङ रिलेसनमा नबसेको हुनुपर्ने जस्ता आवश्यक योग्यता माग गरेको छ।

सो प्रतिस्पर्धाको विजेताले १० हजार पेसोज अर्थात् करिब ५ सय अमेरिकी डलर पुरस्कार स्वरुप पाउने घोषणा स्थानीय सरकारको आधिकारिक फेसबुकमा पोष्ट गरिएको छ । तर सो पोष्टप्रति नराम्रो प्रतिक्रिया आउन थालेपछि हाल भिल्ला ग्रासिया नगरपालिकाले सो पोष्ट हटाएको समेत भाइस न्युजमा उल्लेख छ ।

हाल महिला अधिकारकर्मी र कानुन व्यवसायीहरुले सुन्दरी प्रतियोगिताका लागि नगरपालिकाले मागेको आवश्यक योग्यताप्रति कडा आपत्ति जनाएको समेत भाइस न्युजमा खबर छ।मेक्सिकोमा हुने सुन्दरी प्रतियोगितामार्फत महिला तस्करी बढेको समेत बताइएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री