शनिबार, ८ वैशाख २०८१

घर होस् या मन्दिर, बत्ति बाल्दा नगर्नुहोस् यस्ता भुल

समयपोष्ट २०७८ कार्तिक २९ गते ९:२७

Advertisement

हिन्दू संस्कार अनुसार पुजामा दिप अनिवार्य बाल्नुपर्छ ।

दिप बाल्दा घरमा नकारात्मक उर्जा नष्ट हुने र सकारात्मक उर्जाले प्रवेस गर्ने शास्त्रमा उल्लेख छ। दिप बाल्दा देवी देवता पनि प्रसन्न हुने र सबै नराम्रो शक्ति हटेर जाने विश्वास गरिन्छ ।

घरमा दिप प्रज्जवलित गर्दा सही तरिकाले गर्नु आवश्यक छ ।

घ्युको दियो बाल्दा बाँया हातले र तेलको दियो बाल्दा दायाँ हातले बाल्नुपर्दछ । दिप बाल्ने यो निकै उत्तम उपाय हो।

पुजामा टुटे फुटेका दिपको प्रयोग गर्नु निकै अशुभ मानिन्छ। चुडिएको वा टुटे फुटेको दियो बाल्दा यसको परिणाम निकै नराम्रो आउने गर्दछ।

दियोलाई जहिले पनि भगवानको प्रतिमाको अगाडि राख्नुपर्दछ । भूलेर पनि यता उता दिप नबाल्नुहोस्, यसलाई अशुभ मानिने गरिन्छ।

यदी तपाई आफ्नो घरमा पुजा गरिरहनु भएको छ भने जब सम्म पुजा सम्पन्न हुदैन् तबसम्म दियोलाई निभ्न दिनु हुँदैन्। यसलाई अशुभ मानिने गरिन्छ।

यदी तपाई घयूको दियो बाल्नुहुन्छ भने त्यसमा सेतो रंगको कपास प्रयोग गर्नुहोस् र तेलको दियो बाल्नुहुन्छ भने बत्तिलाई रातो बनाएर बाल्नुहोस्। यसलाई निकै शुभ मानिने गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री