कैफियत देखिएपछि क्वालिटी खानेपानी उद्योग शिल

बजार अनुगमन गर्दा कैफियत देखिएपछि आज काठमाडौँको गोकर्णेश्वरमा रहेको क्वालिटी खानेपानी उद्योग प्रालिमा शिल गरिएको छ ।

Advertisement

प्रयोगशाला प्रतिवेदन निर्देशिकाबमोजिम उद्योग सञ्चालन भएको नदेखिएपछि उक्त कैफियत सुधारेर अभिलेख तयार गरी प्रचलित मापदण्ड पूरा गरेर मात्र उत्पादन तथा बिक्री वितरण गर्ने गरी उद्योगमा शिल गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको नेतृत्वमा आज गएको बजार अनुगमन समितिले उक्त उद्योगको मेसिनबाट पानी चुहिएको, जार सरसफाइ कक्ष सन्तोषजनक नभएको, मेसिनरी तथा उपकरण मर्मतसम्भार गर्ने अभिलेख नराखेको, प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिक, २०७४ को अनुसूचीको बुँदा १० मा उल्लेखित अभिलेख नराखेको पाइएको समितिले जनाएको छ ।

पुराना जार नष्ट गरी खाद्य ऐन, २०२३ तथा खाद्य नियमावली, २०२७ बमोजिम प्रयोगशाला परीक्षणको लागि नमूना सङ्कलनसमेत गरिएको जनाइएको छ ।

अखेटोपहार ओसारपसारको आरोपमा पक्राउ

Advertisement

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि खटिएको टोलीले जिल्ला काठमाडौँको सुकेधाराबाट संरक्षित वन्यजन्तुको आखेटोपहार (गैँडाको खागजस्तो देखिने वस्तु) सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहँुका फूलमाया विक र काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने सुसन सुनार रहेका छन् । बरामद अखेटोपहारसहित दुवैलाई कानूनी कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौँ बुझाइने ब्यूरोले अज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री