शुक्रबार, १४ वैशाख २०८१

नेकपाको सचिवालय बैठक : ओलीको जवाफी प्रस्ताव पेस

समयपोष्ट २०७७ मंसिर १३ गते १५:४२

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छु्ट्टै प्रस्ताव ल्याएका छन् । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ ।

उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । ओलीको प्रस्ताव खाममा राखेर सचिवालय सदस्यहरुलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री