बुधबार, १२ वैशाख २०८१

होटलमा लगेर आफ्नै बाबुले गरे छोरीको बलात्कार

समयपोष्ट २०७७ मंसिर १२ गते १६:४१

Advertisement

प्रहरीले आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई पक्राउ गरेको छ । १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय पुरुषलाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको र मंसिर ६ गते एउटा होटलमा लगेर जवरजस्ती अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेका थिए । उजुरीको आधारमा प्रहरीले ती पुरुषलाई पक्राउ गरेको बताएको छ ।

उनीमाथि जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री