शनिबार, ८ वैशाख २०८१

भारतीय विदेशसचिव श्रृंगलाले नेपाल भ्रमणको पहिलो दिन के-के गरे ? (फोटो फिचर)

समयपोष्ट २०७७ मंसिर ११ गते २१:१६

Advertisement

भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलाले राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीसंग शिष्टाचार भेट गर्नुभएको छ ।

दुई दिने औपचारिक नेपाल भ्रमणमा रहनुभएका श्रृङ्गला आज साँझ राष्ट्रपति निवास शीतल निवासमा पुगि शिष्टाचार भेट गर्नुभएको हो । यसअघि विदेश सचिव श्रृङ्गलाले प्रधानमन्त्री निवास बालुवाटारमा पुगि प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गर्नुभएको थियो । भेटमा दुई देशबीच आपसी हित प्रवर्द्धनका विषयमा कुराकानी भएको थियो ।

 

हर्षवर्द्धन आजै परराष्ट्र मन्त्रालयस्तरीय भेटवार्तामा पनि सहभागी हुनुभयो । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव श्रृङ्गलाले गर्नुभएको थियो ।

 

बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श भयो । सचिव पौड्याल नेतृत्वको मण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत तथा विदेश सचिव श्रृङ्गला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर) विभागका सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत भारतीय दूतावासका कर्मचारी रहनुभएको थियो ।

त्यसअघि परराष्ट्रसचिवद्वयबीच सहसचिवद्वय हमाल र बाग्ची तथा राजदूत क्वात्राको उपस्थितिमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

विदेशसचिव श्रृङ्गलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्नुभयो । परराष्ट्रमन्त्रीसँग दुईपक्षीय हित र आपसी सहयोगका विषयमा कुराकानी भएको थियो ।

भेटमा उहाँले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाउँनुभयो ।

परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लागि सचिव श्रृङ्गला आजै काठमाडौँ आउनुभएको हो । उहाँलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सचिव पौड्याल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा राजदूत क्वात्रा एवं भारतीय दूतावासका वरिष्ठ अधिकारीले स्वागत गर्नुभएको थियो ।

भोलि श्रृङ्गला गोरखा पुगेर भारत सरकारले पुनःनिर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने बताईएको छ । गोरखामा ५० हजार घर बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणानुरुप ४० हजार घर बनिसकेको छ । विदेश सचिव श्रृङ्गलाले मनाङमा निर्माण गरिएको बौद्ध गुम्बाको पनि शुक्रबार नै उद्घाटन गर्ने बताईएको छ । उक्त गुम्बा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उद्घाटन हुनेबारेमा भने केही खुलाईएको छैन ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री