शुक्रबार, १६ चैत २०८०

स्वागत तथा विदाई कार्यक्रमको सुरुवात

समयपोष्ट २०७७ मंसिर ११ गते १४:१९

Advertisement

अशोक खनाल

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, जिल्ला कार्य समिति अर्घाखाँचीले जिल्लामा राष्ट्र सेवक बनी आउने नयाँ कर्मचारीहरुको स्वागत तथा यस जिल्लालाई कार्य क्षेत्र बनाई अन्य जिल्लामा सरुवा तथा बढुवा भएर जाने राष्ट्रसेवक कर्मचारीहरुको विदाई कार्यक्रमको शुरुवात गरेको छ ।

सोही कार्यक्रम अन्तरगत २०७७/०८/११ गते कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीका प्रमुख कोष नियन्त्रक रामबहादुर केसी र जिल्ला सरकारी वकिल कार्यालयका कार्यालय प्रमुख हरि प्रसाद घिमिरेको विदाई तथा यसै जिल्लामा जिल्ला सरकारी वकिल कार्यालयमा नयाँ कार्यालय प्रमुखको रुपमा आउनु भएका निराजन शर्माको स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमा विशेष अतिथिको रुपमा यस जिल्लाबाट विदाई भएर जान थाल्नु भएका प्रमुख कोष नियन्त्रक रामबहादुर केसीले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले शुरु गरेको यस्ताखाले क्रियाकलापले निजामती तथा अन्य राष्ट्रसेवक कर्मचारीहरुको मनोबल उच्च हुने बताउदै आफूलाई यसरी विदाई गरेकोमा धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रम ट्रेड युनियनका अध्यक्ष झविन्द्र खनालको अध्यक्षता, सचिव विवेक पन्तको संचाल र उपाध्यक्ष बलराम मिश्रको स्वागत मन्तव्यबाट शुरु भएको थियो ।

साथै मिति २०७७/०८/१० गते निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियन, जिल्ला कार्य समिति अर्घाखाँचीको बैठकले अब देखि जिल्लामा आउने नयाँ राष्ट्रसेवक कर्मचारीहरु स्वागत र जिल्लाबाट सरुवा, बढुवा तथा निवृत भै अन्यत्र जाने कर्मचारीहरुको बिदाई गर्ने र जिल्ला भित्रिने प्रमुख नाकाहरुमा स्वागत तथा परिचयात्मक होर्डिङ्ग बोर्ड राख्ने निर्णय भएको कुरा ट्रेड युनियनका कोषाध्यक्ष कृष्ण वर्माले बताउनु भयो ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष झविन्द्र खनाल भए पश्चात आधिकारिक ट्रेड युनियनको जिल्लामा चर्चा हुन थालेको निजामती तथा अन्य राष्ट्रसेवक कर्मचारीहरुले बताएका छन । आधिकारिक ट्रेड युनियनले जिल्ला समन्य समितिको कार्यालयमा आफ्नो कार्यालय स्थापना गर्दै विभिन्न रचनात्मक क्रियाकलाप गर्न थालेको छ । साथै यस आधिकारिक ट्रेड युनियनले कर्मचारीहरुको हक हितमा लाग्नलाई सबैबाट सकरात्मक दवाव तथा सुझाव र सहयोग गर्न अध्यक्ष झविन्द्र खनालले सबैमा आव्हान गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री