शनिबार, १५ वैशाख २०८१

इसेवामनि ट्रान्सफर र के एम् ई रेमिटेन्सबीच रेमिट्यान्स् सेवा सुरु

समयपोष्ट २०७७ मंसिर १ गते ८:५७

Advertisement

इसेवा मनि ट्रान्सफर र हङकङको ख्याती प्राप्त रेमिट्यान्स् कम्पनी के एम् ई रेमिटेन्सबीच रेमिट्यान्स् सेवा सुरु भएको छ ।

यो सेवा सुरु भएपछि हङकङमा रहेका नेपालीहरुले के एम् ई रेमिट्यान्स्बाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनेछ ।

नगदमा पठाइएको रकम नेपाल भर रहेका ८,००० भन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त सकिनेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । के एम् ई रेमिट्यान्स्ले छिटै नै इसेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि सुरु गर्ने छ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक– अजेश कोइराला र के एम ई रेमिटेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद ढकालले हस्ताक्षर गर्नुभयो ।

इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्फत नेपालमा रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री