बिहीबार, १५ चैत २०८०

२९.१७ प्रतिशतले बढ्यो आइएमई जनरल इन्स्योरेन्सको खुद नाफा

समयपोष्ट २०७७ कार्तिक २८ गते १२:५३

Advertisement

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आइएमई जनरल इन्स्योरेन्सको खुद नाफा बढेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २९.१७ प्रतिशत अर्थात ८० लाख ४९ हजार रुपैयाँले बढी हो । गत अर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै इन्स्योरेन्सले १५ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले १६ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, कम्पनीले पुनर्बीमा कमिशन वापत ४ करोड ४९ लाख, लगानी कर्जा तथा अन्यबाट ८२ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २२ करोड ७८ लाख रुपैयाँ, बीमा कोषमा ३७ करोड ४४ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १३ रुपैयाँ ११ पैसा, प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात ३९.६६ गुणा बढी छ ।

कम्पनीले यस अवधिमा ३४ हजार ८५६ वटा बीमालेख जारी गरी ३४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको ४ हजार ५११ वटा बीमालेख नवीकरण भएका छन् ।

यस अवधिमा कम्पनीले ७२६ कुल दाबी बापत १० करोड ८५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार २४६ वटा दाबी बापत ५९ करोड ७४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री