शुक्रबार, १४ वैशाख २०८१

भारतद्वारा धनुषा जिल्लामा श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालय स्थापना

समयपोष्ट २०७७ कार्तिक २४ गते १३:४४

Advertisement

भारत सरकारको आर्थिक सहयोगमा निमार्ण भएको धनुषाको कुम्हरौडास्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयको नव निर्मित विद्यालय भवनको आज उद्घाटन गरिएको छ ।

सोमबार उक्त नव निर्मित विद्यालय भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय परियोजना कार्यान्वयन इकाई, धनुषा जनकपुरधाम तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु र स्थानीय प्रतिनिधिहरु द्वारा संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

भारत सरकारको २.६२४ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्मित उक्त विद्यालय भवन ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत बनेको हो । तीन तल्ले उक्त भवनमा १५ वटा कक्षा कोठा र सरसफाई सुविधा रहेको छ ।

श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालय सन् १९५६ मा स्थापना भएको हो । विद्यालयमा करिब ११०७ जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ५० प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा विकास गरिएको हो ।

भारतले हालसम्म नेपालमा ४२४ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये धनुषामा १० वटा गरी प्रदेश नं २ मा ४५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् ।

धनुषा जिल्लामा ९ वटा समेत गरी प्रदेश नं २ मा भारत सरकारको अनुदानमा सञ्चालित २१ परियोजनाहरु सम्पन्न तथा कार्यान्वयनका विभिन्न चरणहरुमा रहेका छन् । धनुषाको तुलसियाहीमा वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालयको निर्माणार्थ मिति २०७६ चैत्र ३ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकारले मुखियापट्टी मुसरनिया गाउँपालिकालाई कार्यान्वयन निकायको रुपमा नियुक्त गरेको छ भने टेन्डर प्रक्रिया पुरा गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री