शुक्रबार, ७ वैशाख २०८१

शिक्षण संस्थामा आर्थिक अनियमितता बढ्दै, अनियमितताविरुद्ध विद्यार्थीद्वारा कलेजमा तालाबन्दी

समयपोष्ट २०७४ मंसिर १४ गते ६:२२

प्राचार्य सञ्जय साहले आर्थिक हिनामिना गरेको भन्दै विद्यार्थीले सिरहाको मिर्चैयास्थित ब्रह्मचारी दामोदरानन्द कलेजमा तालाबन्दी गरेका छन् । 

Advertisement

प्राचार्य साहले गरेको आर्थिक हिनामिनाका कारण कलेजको अवस्था दिनानुदिन खस्किँदै गएको भन्दै विद्यार्थीले कलेजमा तालाबन्दी गरेका हुन् । आर्थिक हिसाब परीक्षण र पठनपाठनमा सुधार गर्ने सहमति भए पनि कलेजले बेवास्ता गरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको विद्यार्थीले बताएका छन् । 

कलेजले आफुखुशी बिना विज्ञापन शिक्षक भर्ना, त्रिवि नियम विपरीत मनोमानी ढंगले शुल्क वृद्धि, विषयगत शिक्षक नराखेको विद्यार्थीले आरोप लगाएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री