शुक्रबार, १६ चैत २०८०

युरोपियन युनियन र प्रचण्डबिच भेटवार्ता,बाँदरमुढे घटनाबारे सोध्दा प्रचण्डको जवाफ के आयो ?

समयपोष्ट २०७४ मंसिर १४ गते ५:५५

युरोपियन युनियन इलेक्सन अब्जरभेसन मिसन, नेपालको लरेन्स कार्लियर नेतृत्वको तीन सदस्यीय टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । चितवन शिवनगरस्थित प्रचण्ड निवासमा टोलीले दाहालसंग भेटवार्ता गरेका हुन् । भेटमा टोलीले जनयुद्धको क्रममा चितवनकै बाँदरमुढेमा भएको घटनाबारे प्रश्न सोधेको थियो । जवाफमा दाहालले बाँदरमुढे घटना युद्धको समयमा भएको ठूलो र निकै दुखद घटना भएको र  यसबारेमा छानबिन गर्न सत्य निरुपण आयोग गठन गरिएको जानकारी दिए । आयोगले आवश्यक र सही निर्णय गर्नेछ भन्नेमा आफु विश्वस्त रहेको उनको धारणा थियो । 

Advertisement

निर्वाचनको समयमा तपाइँलाई कतैबाट सुरक्षा थ्रेट आएको छ कि छैन भन्ने टोलीको अर्को प्रश्नमा दाहालले त्यस्तो थ्रेट कतैबाट नआएको बताए  । टोलीले तपाईं सहभागी निर्वाचन सभाहरुमा बढी मानिसको उपस्थिति देखिन्छ नि  ? भन्ने प्रश्नमा उनले भने,'चितवन मेरो जिल्ला हो । मेरो जन्मस्थान हो । म पढेको, हुर्केको जिल्ला हो । मलाई चितवनबासीले मायाँ गर्नुहुन्छ । कुनै दल विशेष मात्र भन्दा पनि सम्पूर्ण (दलका) चितवनवासीले मलाई साथ दिनुहुन्छ' । 

यसैगरी यस निर्वाचनमा तपाइंको प्रतिस्पर्धा कस्तो हुने देख्नुहुन्छ ? भन्ने टोलीको जिज्ञासामा दाहालले समग्र चितवनको विकासको लागि चितवनवासीले आफुलार्इ विश्वास गर्ने र आफ्नो प्रतिस्पर्धी कोहीनै नभएको बताए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री