शुक्रबार, १४ वैशाख २०८१

काठ नभएपछि रोकियो आधा दर्जन सम्पदाको पुनर्निर्माण

समयपोष्ट २०७४ मंसिर १२ गते २:४७

बजारमा साल (अग्राख) को काठ नपाइँदा भूकम्पमा भत्केका भक्तपुरका सम्पदाको पुनर्निर्माण प्रभावित भएको छ । अग्राख नपाइँदा पुनर्निर्माण भइरहेका सम्पदाको काम रोक्नुपरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

Advertisement

अग्राखका लागि अग्रिम रकम दिँदा पनि नेपाल टिम्बर कर्पोरेसन (टीसीएन) बाट काठ उपलब्ध हुन नसकेको उनको गुनासो थियो । उनका अनुसार अघिल्लो वर्ष नै कर्पोरेसनलाई काठका लागि ३५ लाख रुपैयाँ अग्रिम उपलब्ध गराइएको थियो ।

‘अग्राख नहुँदा सम्पदा पुनर्निर्माण नै रोक्नुपरेको छ', प्रमुख प्रजापतिले भने, ‘सम्पदामा आवश्यक पर्ने ठूला साइजका अग्राख त झनै पाउन सकिएको छैन ।'

उनले नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गर्दा पनि अग्राख, ढुंगालगायत निर्माण सामग्री अभावले सम्पदा पुनर्निर्माण चुनौतीपूर्ण बनेको सुनाए । 

अग्राख उपलब्ध नहुँदा अहिले भक्तपुर दरबार क्षेत्रस्थित करिब आधा दर्जन सम्पदाको पुनर्निर्माण रोकिएको छ । भक्तपुर नगरपालिकाले स्थानीय उपभोक्ता समितिमार्फत वत्सला मन्दिर र केदारनाथ मन्दिरको पुनर्निर्माण गरिरहेको छ । आजको अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री