शनिबार, ८ वैशाख २०८१

शहरी विकासका लागि एडिबिले १५ अर्व ४० करोड सहयोग गर्ने

समयपोष्ट २०७४ मंसिर ११ गते ९:१९

एसियाली विकास बैकले विभिन्न आठवटा नगरपालिकाको शहरी विकासका लागि १५ अर्ब ४० करोड नेपाली रुपैयाँ ऋण सहायता गर्ने भएको छ ।  सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रालयका सचिव शंकर प्रसाद अधिकारी र एसियाली विकास बैकका नेपाल प्रमुख मुख्तोर खामुदखानोभले ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

Advertisement

 विरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भिमदत्त, धनगढी , गोदावरी र शुक्लाफाँटा नगरपालिकाको शहरी विकासका लागि  बैकले ऋण सहायता उपलब्ध गराउन लागेको हो । एसियाली विकास बैकले उपलब्ध गराउने ऋण सहायता रकमको आठ बर्ष सम्म सयकडा १ प्रतिशत र त्यसपछि १ दशमलब ५ प्रतिशत व्याज नेपालले तिर्नुपर्नेछ । मुख्य गरि यो आयोजना लागु हुने नगरपालिकाहरुमा आवश्यकता अनुसार बाढी नियन्त्रण र रोकथामका संरचना, २ सय किलोमिटर बढी ढल निकास, २ सय ४० किलोमिटर सडक निर्माण, ४० किलोमिटर फुटपाथ, ४ वटा ल्याण्डफिल्ड साईट निमार्ण हुनेछन् । दिगो शहरी विकासका लागि उपलब्ध गराउने भनिएको ऋण सहायताले नगरपालिकाको क्षमता अभिवृद्धि र जलवायु परिर्वतनसंग अनुकुलन हुने कार्यक्रम समेत गरिने छ । यो आयोजना शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा रहेर ३१ डिसेम्बर २०२२ भित्र सम्पन्न गरिने सम्झौतापत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री