शनिबार, १५ वैशाख २०८१

चुनाबको उत्साहले सेयरबजारमा हरियाली, नेप्से २१.०५ अंकले बढेर १५१४.३४ अंकमा

समयपोष्ट २०७४ मंसिर १० गते १०:०३

प्रतिनिधि र प्रदेश सभाको पहिलो चरणको निर्बाचनका दिन आइतबार शेयर बजार बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक २१.०५ अंकले बढेर १५१४.३४ अंकमा उक्लिएको छ। 

Advertisement

यसदिन १५५ कम्पनीका १० लाख ७४ हजार कित्ता शेयर ५९ करोड ४ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन । कारोबार रकम गत विहीबारको तुलनामा भने ९ करोड कम हो । विहीबार साना किसान बैंकको २१ करोड ९९ लाख रुपैयाँ बराबरको संस्थापक सेयरको किनबेच हुँदा कारोबार रकम उच्च देखिएको थियो ।

बजारमा आएको सुधारसँगै बजार पूँजीकरणमा पनि झण्डै २४ अर्ब रुपैंयाँले बढेको छ । आइतबार समग्र बजार पूँजीकरण १७ खर्ब ५९ अर्ब पुगेको छ ।

व्यापार समूह बाहेक सबै समूह बढेको बजारमा वाणिज्य बैंक १८.०७ , होटल १.४५, विकास बैंक १८.९७, जलबिद्युत ६८.५, फाइनान्स २.७६, बीमा ८२.१२, उत्पादनमूलक ८.१८, अन्य १३.५९ र लघुवित्त २८.५२ अंकले । व्यापार समूह भने ६.३४ अंकले बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री